६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


घोराही उपमहानगरका वडाध्यक्ष मगरको निधन


0
Shares

दाङ । दाङको घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको निधन भएको छ ।

गएको जेठ महिनादेखि बिरामी भएका वडाध्यक्ष बुढा मगरको गएराती ३ बजे निधन भएको हो ।

२०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा घोराही–१६ को वडाध्यक्ष पदमा निर्वाचित बुढा मगरको भारतको मेदान्त अस्पतालमा निधन भएको हो ।

विभिन्न रोगले ग्रसित बुढा मगरको उपचार नेपाल, भारत र थाइल्याण्डमा समेत गरिएको थियो ।

बुढाको निधन प्रति प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दुःख ब्यक्त गर्दै श्रद्धान्जली ब्यक्त गरेका छन् ।