
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिकाअनुसार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने छ । कार्यतालिका अनुसार संघीय संसद्का महासचिव समक्ष सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी दिनुपर्ने छ ।
मनोनयनमा परेका उम्मेदवारको अन्तिम नामावली सचिवालयले आजै दिउँसो साढे १ बजे सार्वजनिक गर्ने छ ।
प्रतिनिधिसभा कार्यसञ्चालनको अन्तरिम विधिअनुसार एकमात्र मनोनयन परे पनि प्रस्ताव निर्णयार्थ पेश हुनेछ । एकभन्दा बढी प्रस्ताव परेमा प्रतिनिधिसभामा मत विभाजन हुनेछ ।
शनिबार दिउँसो १ बजे सभामुख चयनका लागि मतदान हुने कार्यतालिका छ । प्रतिनिधिसभाको हालको अंक गणितअनुसार सभामुखमा निर्वाचिन हुन सभाको बहुमत अर्थात् कम्तिमा १ सय ३८ मत आवश्यक पर्नेछ । प्रतिनिधिसभामा २७५ सदस्य छन् ।
वाम गठबन्धनबीच प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्रबाट र राष्ट्रियसभाको अध्यक्ष एमालेबाट हुने सहमति भएको थियो । सोही सहमतिअनुसार माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिने भएको छ ।
गठबन्धनबीच रहेको अंक गणितअनुसार सभामुखमा गठबन्धनका उम्मेदवारको जित निश्चित प्रायः छ । तर, माओवादी केन्द्रले उम्मेदवारको टुंगो भने लगाएको छैन ।
प्रतिक्रिया दिनुहोस्