२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नगर क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणलाई सास्ती


0
Shares

दैनिक हजारौं सवारीसाधन ओहोर–दोहोर गर्ने तथा सर्वसाधारणको चहलपहल हुने व्यापारिक क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा समस्या भएको हो । बिर्तामोड नगरपालिकाको कुनै पनि स्थानमा सार्वजनिक शौचालय निर्माण गरेको छैन ।

शौचालय नहुँदा दिसा–पिसाव गर्न नजिकैको अदुवा खोला किनार वा गल्लीमा जानुको विकल्प नभएको सर्वसाधारणको गुनासो छ । बिर्तामोड नगरपालिकामा सार्वजनिक शौचालय नहुँदा स्थानीयले खेप्नुपरेको सास्तीलाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघले घुम्ती शौचालय खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो । तर नगरपालिकाले सो घुम्ती शौचालय पनि अदुवा खोला किनारमै राखेको छ ।

सो शौचालयमा जम्मा भएको दिसा–पिसाब नगरपालिकाले अदुवाखोलामै मिसाउने गरेको छ । त्यसले खोलासमेत दुषित बन्दै गएको छ ।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले भने जग्गा अभाव भएकाले सार्वजनिक शौचालय निर्माणमा समस्या भइरहेको बताए ।