१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नटुवा समुदायद्वारा लोपोन्मुख सूचीमा राख्न माग (भिडियो)


0
Shares

आफूहरुका मागको सरकारले बेवास्ता गर्दा मागेर खानुको विकल्प नभएको गुनासो उनीहरुको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा बसोवास गर्ने १४ घरधुरीका नटुवा समुदायले आफुलाई लोपोन्मुख जातीको सूचीमा राख्न माग गरेका हुन् । विगत ४ वर्षदेखि नटुवा समुदायले गाउँदेखि केन्द्रसम्मै पुगेर आफ्नो जातीलाई लोपोन्मुख जातीमा सूचिकृत गर्न माग गर्दै आएपनि हालसम्म उनिहरुको माग सुनुवाई भएको छैन । लोपोन्मुख जातीमा नपर्दा सरकारबाट पाउने मासिक भत्ता पाउनबाट समेत बञ्चित हुनुपरेको गुनासो उनीहरुको छ ।

विगतमा गाउँ विकास समिति, जिल्ला हुँदै तीन पटकसम्म काठमाडौंमा नागरिकताको प्रमाणपत्र बोकेर गृह मन्त्रालयको दैलो ढकढकाउन पुग्दा समेत माग पुरा नभएको उनीहरु बताउँछन् । हरेक पटक जिल्ला आउने प्रमुख जिल्ला अधिकारीलाई भेटेरै आफ्नो माग राख्दै आएका छन् । सरकारसँग लोपोन्मुख जातीको सूचीमा राख्न माग गर्न थालेको तीन वर्ष बितेको उनीहरु बताउँछन् ।

सुकुम्बासी बस्तीमा बसोबास गरेका उनीहरुको नेपाली नागरिकताको प्रमाणपत्र बाहेक केही छैन । आफुहरु पथ्थरकट्टा भन्दा तल्लो जाती भएको उनीहरु बताउँछन् । पथ्थरकट्टालाई राज्यले लोपोन्मुखको सूचीमा राखेर सरकारी सेवा सुविधा दिएको तर आफूहरुलाइै नदिएको गुनासो उनीहरुको छ ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्