६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


उपत्यकाका सवारी साधनमा आजबाट जोर–बिजोर प्रणाली लागु


0
Shares

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिनका लागि जोर–बिजोर प्रणाली लागू गरेको छ ।

यही मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुँदैछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, आजदेखि १६ गतेसम्म चार दिन उपत्यकामा चल्ने सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागू हुनेछ ।

मंसिर १३ आज र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने यो नियम लागू हुने छैन ।

परराष्ट्र मन्त्रालयका अनुसार आज म्यान्मारकी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउँदै छन् ।

उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आउन लागेका हुन ।