रेशम चौधरी अस्पतालमा, स्वास्थ्यमा समस्या • Image Khabar Image Khabar


रेशम चौधरी अस्पतालमा, स्वास्थ्यमा समस्या


Imagekhabar
२५ फाल्गुन २०७४, शुक्रबार १६:२७

रेशम चौधरी अस्पतालमा, स्वास्थ्यमा समस्या

विभिन्न माग राख्दै गत आइतबारदेखि कारागारमा अनशनमा बसेका टीकापुर घटनाका कैदीबन्दीको स्वास्थ्यमा समस्या आउन थालेको हो ।

शुक्रबारसम्म ६ जनाको स्वास्थ्यमा समस्या आएपछि सेती अन्चल अस्पतालमा उपचार गरिएको छ ।

कारागारमा अनशन बसेका उनीहरुले शुक्रलबारसम्म पानीबाहेक अरु केही नखाएको कैलाली जिल्ला कारागारका निमित्त जेलर भक्तबहादुर विष्टले जानकारी दिए ।

टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीलाई शुक्रबार अस्पतालमा ल्याइएको थियो । उपचारपछि पुनः कारागारमा फिर्ता लगिएको छ । उनलाई शुक्रबारै साँझ पुनः अस्पताल ल्याइने जनाइएको छ ।

जिल्ला कारागार कैलालीका सहायक जेलर भक्तबहादुर विष्टकाअनुसार अनशनरत् रेशम चौधरीसहित विश्राम चौधरी, विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको अवस्था गम्भीर छ ।

२४ जनाको स्वास्थ्यमा समस्या आउन थालेपछि प्रत्येक दिन उनीहरुको सेती अञ्चल अस्पतामा उपचारपछि कारागार लगेर राख्ने गरिएको छ ।

उनीहरुको पेट, छातीमा समस्या देखिने गरेको र समय–समयमा बेहोस हुने गरेको निमित्त जेलर बिष्टले बताए ।

तीनबुँदे माग राखी फागुन २० गतेदेखि आमरण अनशन थालेका उनीहरुको स्वास्थ्य अवस्था बिग्रिएको थारु कल्याणकारिणीसभा कैलालीका सचिव माधव चौधरीले जानकारी दिए ।

उनीहरुले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य विजयको प्रमाणपत्रसँगै शपथग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरुलाई रिहा गरिनुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्