
शुक्रबार बसेको प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा उनको पक्षमा ४१ मत परेको हो । विपक्षमा १७ मत पर्यो ।
वाम गठबन्धनको समर्थनमा गत फागुन ४ गते प्रदेश–४ को मुख्यमन्त्री बनेका गुरुङलाई प्रदेशसभाबाट राष्ट्रिय जनमोर्चाको पनि समर्थन रह्यो ।
उनको पक्षमा नेकपा एमालेको २७, माओवादी केन्द्रको १२ र जनमोर्चाको तर्फबाट ३ मत परेको हो । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत ल्याए पुग्ने थियो ।
माओवादी केन्द्रबाट सभामुख बनेका नेत्रनाथ अधिकारी मतदानमा सहभागी भएनन् ।
मुख्यमन्त्री गुरुङको विपक्षमा नेपाली कांग्रेसका १५ र नयाँ शक्ति पार्टी नेपालका २ सदस्यले मतदान गरे ।
मनाङबाट स्वतन्त्ररुपमा निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मानाङे)ले अहिलेसम्म शपथ लिएका छैनन् ।
यसअघि, मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट विश्वासको मत मागेका थिए ।
बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले धेरै विकासका खाका तयार गरिसकेको भन्दै सहजरुपमा काम गर्न सबैको विश्वास चाहिने बताए ।
उनले आगामी बजेटको सामान्य नीति तथा कार्यक्रम खाका पनि प्रस्तुत् गरे । ५ वर्षभित्र समृद्ध प्रदेश बनाउन सरकारको पूर्णध्यानकेन्द्रित रहने उनको भनाइ छ ।
प्रतिपक्ष दलको सुझावलाई ग्रहण गर्दै आफू अघि बढ्ने उनले बताए ।
शुक्रबारै बसेको प्रदेशसभा बैठकले प्रदेशसभा नियमावलीसमेत पारित गरेको छ । मस्यौदा समितिकी सभापति प्रभा कोइरालाले प्रस्ताव गरेको विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्