४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


‘सबै स्थानीय तहमा एकीकृत नमुना बस्ती’


0
Shares

काठमाडौं, मंसिर १२ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पप्रभावित सबै स्थानीय तहमा एउटा एकीकृत नमुना बस्ती बनाउने जनाएको छ ।

बुधबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा भूकम्पपछिको पुनःनिर्माणको कार्यप्रगति र आगामी योजनाबारे जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो जानकारी गराएका हुन् ।

मागअनुसार सबै स्थानीय तहमा एकीकृत नमुना बस्ती बनाउन अर्थ मन्त्रालयसँग बजेट माग गरिएको पनि उनले बताए ।

उनले सरकारले वृद्ध, बालबालिका र अपांगतामात्रै भएका १८ हजार परिवारलाई थप ७५ हजार रूपैयाँ अनुदान उपलब्ध गराउन लागेको पनि जानकारी गराए ।

उनले शीतल निवासको प्रबलीकरण गरिने र रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिने बताए ।

भूकम्पपीडितले सहुलियत ब्याजको कर्जा नपाएको विषयमा सांसदहरूले सरकारको आलोचना गरेका थिए ।

प्रमुख कार्यकारी अधिृकत ज्ञवालीले घर बनाउन थालेको तर सम्पन्न गर्न नसकेकालाई तीन लाख रुपैयाँ कर्जा दिने विषय सरकारको प्राथमिकतामा परेको बताए ।

पुनःनिर्माण गाउँमाभन्दा सहरमा जटिल भएको उनको भनाइ थियो ।