१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


यसकारण भयो सरकार विस्तारमा ढिलाइ


0
Shares

प्रतिनिधिसभाको शनिबारको बैठक सुरुअघि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तराईकेन्द्रित दललाई पनि सरकारमा ल्याउन पहल जारी राखेको तथा राष्ट्रपति, सभामुख पदको निर्वाचन पनि यसैबीचमा भएकाले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बताए ।

‘सरकारलाई राष्ट्रियस्वरुप दिन अन्य दललाई पनि समेटेर लैजान हामी खोजिरहेका छौं, तराईकेन्द्रित दलले माग गरेको संविधान संशोधनमा हामी जनताको हित र आवश्यकताका आधारमा लचिलो हुन तयार छौं’–सचिव भट्टराईले भने–‘हामी राष्ट्रपति, सभामुखमा सकेसम्म सर्वसम्मत् र नभए धेरैभन्दा धेरै मत आओस् भनेर अरु दलसँग परामर्शमा छौं ।’

पार्टी एकता वैशाख ९ गते
सचिव भट्टराईले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता सम्भवतः आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन गर्नेगरी दुई पार्टीबीच छलफल भइरहेकोे जानकारी दिए ।

दुई पार्टीबीच एकताका लागि गठित कार्यदलले काम गरिरहेको पनि उनले बताए । रासस