काठमाडौं, मंसिर १२ । नेपाल र भारत काठमाडौंमा जारी दक्षिण एसियाली २१ वर्षमुनिको ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्सको फाइनलमा पुगेका छन् ।
नेपालले बुधबार भएको सेमिफाइनलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हरायो ।
नेपालका नवीन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले हराए ।
यस्तै, महिलातर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते इमडाडलाई २१–८ र २१–५ ले तथा नवीन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१–१५ र २१–१६ ले हराए ।
उपाधिका लागि नेपालले भारतसित खेल्नेछ ।
सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० ले नै पराजित गर्दै फाइनलमा ठाउँ बनाएको हो ।
मिक्स टिम इभेन्ट्सको फाइनल खेल बिहीबार दिउँसो २ बजे हुने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्