१९ जेष्ठ २०८२, सोमबार | Tue Jun 3 2025


राष्ट्रपति निर्वाचनका लागि शनिबार रातिदेखि मौनअवधि


0
Shares

निर्वाचन आयोगकाअनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौनअवधि सुरु भएपछि कुनैपनि उम्मेदवार र राजनीतिक दलले प्रचार–प्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सन्चारमाध्यमलाई पनि लाग्नेछ ।

सो पदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका कुमारी लक्ष्मी राईले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमन्डलले सो पदमा मतदान गर्नेछ ।

आयोगले शनिबार सो निर्वाचनको सन्चालन र व्यवस्थापनका लागि मतदान अधिकृत र सम्बन्धित कर्मचारीलाई तालिम दिएको छ ।

यसैबीच, आयोगले अन्तिम मतदाता नामावलीमा समावेश नभएका निर्वाचकमन्डलका सदस्यले मतदान गर्न नपाउने स्पस्ट पारेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले शनिबार विज्ञप्ति जारी गरी यही फागुन २२ गते अन्तिम नामावली प्रकाशित भएको जनाएका हुन् ।

नामावली प्रकाशित भइसकेपछि शपथ लिएका राष्ट्रियसभामा मनोनीत तीन सदस्यले मतदान गर्न पाउने छैनन् । रासस