दोषीलाई कारबाहीको माग गर्दै तीन विद्यार्थी संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र • Image Khabar Image Khabar


दोषीलाई कारबाहीको माग गर्दै तीन विद्यार्थी संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र


Imagekhabar
२६ फाल्गुन २०७४, शनिबार १९:१५

दोषीलाई कारबाहीको माग गर्दै तीन विद्यार्थी संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

अनेरास्ववियुका अध्यक्ष नवीना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रन्तिकारीका अध्यक्ष रन्जित तामाङको नेतृत्वमा गएको विद्यार्थीको समूहले शनिबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा २० वर्षीया छात्रामाथि भएको ज्यादती, पर्सामा गत साता ८ वर्षीया बालिकामाथि भएको बलात्कारलगायत घटनामा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिइ हदैसम्मको कारबाही गर्न तथा पीडितलाई उचित न्याय र परिपूरणको प्रबन्ध मिलाउन माग गरिएको छ ।

कानुनको खुकुलोपन र राज्यको दन्डहीनताका कारण बारम्बार यस्ता घटना दोहोरिइरहेको भन्दै त्यसलाई सच्याउन विद्यार्थी संगठनले माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले बलात्कारजस्तो जघन्य अपराधका दोषीलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले बलत्कारमा संलग्नले कहीँ–कतैबाट उन्मुक्ति नपाउने गरी अनुसन्धान र कारबाहीका काम अघि बढाउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए ।

गलत क्रियाकलापविरुद्ध सरकार र प्रतिपक्षी नभनी प्रमुख दलका सबै विद्यार्थी संगठन एउटै आवाज लिएर मन्त्रालयमा आएको देख्दा अपराधविरुद्ध लड्न आफूलाई थप ऊर्जा प्राप्त भएको उनको भनाइ छ ।

समाजमा रहेका विकृति, विसंगतिविरुद्ध गृह मन्त्रालयले सुरु गरेको अभियानमा सक्रियरुपमा साथ दिन गृहमन्त्रीले विद्यार्थी संगठनका नेतालाई आग्रह पनि गरे । रासस

प्रतिक्रिया दिनुहोस्