जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते • Image Khabar Image Khabar


जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार १०:०७

जन्ती बोकेको ट्र्याक्टर दुर्घटना, २५ जना घाइते

मोरङ, फागुन २७ । मोरङको जहदा गाउँपालिका–४ रामचौकस्थित रंगेली–विराटनगर सडकखण्डमा आज बिहान जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त २०३७ नंको ट्र्याक्टर बिहान २ः३० बजे सडकदेखि चार फिट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य २३ जनाको अवस्था सामान्य रहेको छ । उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्