डडेल्धुरा, मंसिर १२ । डडेल्धुराका विभिन्न ग्रामीण भेगमा सन्चालित जिपका पछाडि राखिएका सिट हटाइएपछि जिपहरुले मनोमानी भाडा लिन थालेका छन् ।
पाँचजना यात्रीमात्रै बोक्ने अनुमति दिइएको भन्दै जिप सन्चालकहरुले चार गुणासम्म भाडा लिन थालेको गुनासो यात्रीले गरेका छन् ।
क्षमताभन्दा बढी सिट राखेर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सामान राख्ने स्थानमा लगाइएका सिट हटाइदिएको हो ।









प्रतिक्रिया दिनुहोस्