बिराज रोस्यारा (इमेज)
कैलाली, मंसिर १२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषिप्रधान देश भएकाले कृषिको विकास र आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडागाउँमा च्याउ उत्पादन र प्रशोधन केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले कृषिको विकासबाट आर्थिक उन्नति प्राप्त गर्नुपर्ने बताए ।
बजेट र नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउँदै उनले कृषिमा लगानी गर्नेलाई प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कृषिमार्फत् युवाहरुलाई स्वरोजगार बनाउने अभियानमा प्रदेश सरकार पनि लागेको उनको भनाइ थियो ।
करिब दुई करोड रुपैयाँको लागतमा च्याउ उत्पादन र प्रशोधन केन्द्र सन्चालनमा आएको छ ।
विगत दुई दशकदेखि तरकारी खेतीमा क्रियाशील कमलबहादुर घर्तीमगरले च्याउ उत्पादन र प्रशोधन केन्द्र सन्चालनमा ल्याएका हुन् ।








प्रतिक्रिया दिनुहोस्