६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


घाँटीमा मासु अड्किएर मृत्यु


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, मंसिर १२ । पर्वतको कुश्मा नगरपालिका–१०, पिपलटारीका एक व्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ ।

४१ वर्षीय कर्णबहादुर नेपालीको मंगलबार राति मृत्यु भएको हो ।

मंगलबार राति साढे ८ बजेतिर खाना खानेक्रममा घाँटीमा मासुको चोक्टा अड्किएपछि उपचारका लागि पर्वत जिल्ला अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

उनकाअनुसार नेपालीले बेलुकाको खानासँग भैंसीको मासु खानेक्रममा अड्किएको थियो ।

नेपालीलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतक नेपाली जिल्ला अदालत पर्वतमा कार्यालय सहयोगीकारुपमा कार्यरत् थिए । उनी मंगलबार साँझ कुश्माबाट घर गएको पनि प्रहरीले जनाएको छ ।