१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


ट्याक्टरले साइकललाई ठक्कर दिदा एकजनाको मृत्यु, तीनजना घाइते


0
Shares

आइतबार पूर्वबाट पश्चिमतर्फ आइरहेको से१त ३१४२ नम्बरको ट्याक्टरको ठक्करबाट साइकल चालक बसन्तपुरका अन्दाजी २२ बर्षीय सुनिल ओझाको मृत्यु भएको हो ।

घटनालगत्तै ओझालाई पद्मा अस्पतालमा ल्याइएको भए पनि उपचार सम्भव नभएपछि सेती अञ्चल अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै दुर्घटनामा घाइते हुनेहरुमा साइकलमा सवार बसन्तपुरका २१ बर्षीय सुरज कडायत, धनगढी उपमहानगरपालिका ३ भन्सार टोलका १८ बर्षीय विरेन्द्र चौधरी र सोही ठाउँका २१ वर्षीय कालु चौधरी छन् ।

घाइते तीनैजनाको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर चालक धनगढी उपमहानगरपालिका–३, भन्सारका २० वर्षीय सन्जीव चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।