
विराटनगर, मंसिर १२ । महान्यायाधिवक्ता अग्नि खरेलले अनियमितता र भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
बुधबार विराटनगरमा जिल्ला सरकारी वकिल कार्यालय भवनको शिलान्यास गर्दै उनले कर्मचारीलाई सेवा–सुविधाप्रति असन्तुष्टि जाहेर गर्ने छुट भएपनि गैरकानुनी काम गर्ने छुट भने कसैलाई नभएको प्रस्ट पारे ।
महान्यायाधिवक्ता खरेलले सरकार विकृति र विसंगति हटाउन सक्रिय रहेकाले सरकारी वकिलको कार्यालयलाई पनि व्यावसायिक बनाइने बताए ।
भवन तीन करोड १० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्