रौतहट, जनकपुर, मंसिर १२ । अभिनेत्री एवं रेखा फाउन्डेसनकी अध्यक्ष रेखा थापाले प्रदेश नम्बर–२ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई सफल बनाउन आफूले सक्दो योगदान गर्ने बताएकी छन् ।
मधेसका छोरी–चेलीलाई जागरुक बनाउन आफू यो अभियानमा आबद्ध भएको उनको भनाइ छ ।
रौतहटको सदरमुकाम गौरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री थापाले अशिक्षाका कारण छोरी–चेलीमाथि हिंसाका घटना बढेको भन्दै यस्ता अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
‘बेटी पढाऊ, बेटी बचाऊ’सम्बन्धी अभियानको संकल्पपत्र बुधबारै रौतहटको परोहा नगरपालिकाको लौकाहाबाट सार्वजनिक गरिएको छ ।
यसअघि, मंगलबार जनकपुरमा आयोजित कार्यक्रममा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अभियानमा रेखा थापा फाउन्डेसनले सघाउने जानकारी दिएका थिए ।








प्रतिक्रिया दिनुहोस्