
गृहमन्त्री थापा सोमबार दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिएका हुन् ।
उनले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह गरेका छन् ।
विमानमा दिउँसो १४ः२० बजे लागेको आगोलाई नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलले निभाएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्