
काठमाडौं, फागुन २९ । युएस बंगाल एयरलाइन्सको विमान दुर्घटनामा परेर निधन भएकाहरुको शव आजबाट आफन्तलाई बुझाइने प्रक्रिया सुरु हुने भएको छ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा निधन भएकाहरुको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
प्रक्रिया पूरा गरेर शवहरु आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । शिक्षण अस्पतालमा मृतकका आफन्तहरुको भीड लागेको छ ।
दुर्घटनामा घाइते भएका २२ जनाको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ११ जना नेपाली र बाँकी ११ जना अन्य देशका नागरिक भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा आयोग गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्