Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


ताप्लेजुङमा मानाभरा महोत्सवको तयारी


0
Shares

ताप्लेजुङ, मंसिर १२ । ताप्लेजुङमा आगामी पुस १ गतेदेखि ७ गतेसम्म प्रथम मानाभरा महोत्सव हुने भएको छ ।

ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रथम मानाभरा महोत्सव गर्न लागिएको हो । युथ स्पोर्टिङ क्लबको आयोजनामा फक्ताङलुङ गाउँपालिकाको खेजेनिमस्थित आहालेटारमा हुने महोत्सवमा खेलकुदलगायतका कार्यक्रम हुने भएको हो ।