१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


नेता सवार मोटरले हिलो छ्यापेपछि सार्वजनिक स्थलमै जनताले दिए सजाय


0
Shares

राजस्थान, मंसिर १२ । भारतको राजस्थानस्थित डूंगरपुर जिल्लाको सागवाडामा भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता तथा पूर्वजिल्ला प्रमुख भगवतीलाल रोतलाई जनताले सार्वजनिक स्थलमै सजाय दिएका छन् ।

कांग्रेसको प्रदेश अध्यक्ष सचिन पायलटको सभामा सामेल हुन गइरहेको समयमा भगवतीलाल सवार मोटरले बाटोमा केही स्थानीयलाई हिलो छ्यापेको थियो । झोसावा गाउँका युवा पैदल हिँडिरहेको समयमा उक्त मोटरले उनीहरुको शरीरमा पर्नेगरी हिलो छ्यापेपछि सो मोटरको पिछा गर्दै स्थानीयको समूहले ‘जनकारवाही’ गरेको हो ।

भारतीय संचारमाध्यमका अनुसार करिब दुई किलोमिटरसम्म पिछा गरेर स्थानीयले भगवतीलाल सवार मोटरलाई रोकाएका थिए । उनीहरुले मोटरबाट उतारेर भववतीलाललाई जमिनमा नाक रगड्न लगाएका थिए भने घटनाबारे माफीसमेत माग्न लगाए ।

कसैले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएपछि हाल उक्त भिडियो भाइरल बनेको छ ।

भगवतीलालले आफ्नो संस्कारका कारण जनतासँग माफी मागेको बताए । उनले भारतीय जनता पार्टीको सरकारले सडक मर्मत गरेको भए यस्ता घटना सिर्जना नै नहुने पनि बताए । (एजेन्सी)