१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते


0
Shares

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन सकिएलगत्तै उपराष्ट्रपति निर्वाचनको मिति तय गरेको हो ।

उपराष्ट्रपति निर्वाचनका लागि बिहीबार चैत १ गते मतदाता नामावली प्रकाशन गरिने जनाइएको छ ।

चैत ३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ भने चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

सो पदका लागि मतदान चैत ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा हुनेछ ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंग वा समुदायको हुनुपर्दछ ।