१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रधानमन्त्री ओलीसँग बंगलादेशका मन्त्रीको शिष्टाचार भेट


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले फागुन २८ गते सोमबार भएको युएस बंगलाको विमान दुर्घटना दुःखद् भएको र घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरिएको बताए ।

प्रधानमन्त्रीका स्वकीयसचिव चेतन अधिकारीकाअनुसार प्रधानमन्त्री ओलीले विमान दुर्घटनामा परी बंगलादेशी नागरिकको निधन भएकामा बंगलादेशका प्रधानमन्त्री, त्यहाँको सरकार र शोकाकुल जनतामा हार्दिक समवेदना र सहानुभूति प्रकट गरे ।

मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरेका थिए ।

दुर्घटनालगत्तै नेपाल सरकारले उद्धारकार्यमा देखाएको तदारुकताका लागि बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको पनि मन्त्री कमालले सो भेटमा जानकारी गराएका थिए । रासस