
काठमाडौं, मंसिर ११ । नेपाल निर्माण व्यवसायी महासंघले विदेशी सहयोगमा सन्चालित परियोजनामा ठेक्का मापदन्डको विरोध गरेको छ ।
महासंघले एडीबीको ऋण सहयोगमा सन्चालित हुने आयोजनामा नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न मुस्किल हुने प्रावधान राखिएको भन्दै विरोध गरेको हो ।
महासंघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सरकारले नेपाली निर्माण व्यवसायीहरुलाई नेपालकै निर्माणकार्यमा सहभागी हुनबाट बन्चित गरेको भन्दै विरोध गरेको हो ।
सडक विभाग आयोजना निर्देशनालयले विदेशी साझेदारसँग ‘जोइन्ट भेन्चर्स’कारुपमा काम गर्दा र एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा सन्चालित परियोजनाहरुमा पूरा गर्नुपर्ने मापदन्ड नेपाली निर्माण व्यवसायीले पूरा गर्नै नसक्नेखालको बनाइएको भन्दै महासंघले कडा विरोध गरेको हो ।
महासंघका अध्यक्ष रवि सिंहले स्वदेशी निर्माण व्यवसायीलाई बन्चित गरेर विदेशीलाईमात्र आयोजना सुम्पिन सुनियोजितरुपमा प्रावधान राखिएको आरोप लगाए ।
सरकारले विवेक नपुर्याइ गरेको सम्झौताको कारणले गर्दा विकासात्मक कार्यमा सहभागी हुन नपाएको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन् ।
प्रावधान सच्याएर नेपाली व्यवसायीलाई पनि सहभागी गराउने वातावरण बनाउन महासंघले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्