काठमाडौं, मंसिर ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सेवा प्रभावकारिता बढाएर दरिलो सन्देश दिन नेपाल वायुसेवा निगमका अधिकारीहरुलाई सुझाव दिएका छन् ।
मंगलबार निगमका उच्च अधिकारीहरुसँग छलफल गर्दै उनले संस्थाको संरचनालाई प्रभावकारी बनाएर सकारात्मक सन्देशद्वारा दरिलो जवाफ दिन आह्वान गरेका हुन् ।
मन्त्री अधिकारीले अनावश्यक हल्लाको पछि नलागी आफ्नो दायित्व निर्वाह गर्दै समयसापेक्ष परिवर्तन देखाउन पनि सुझाव दिए ।
आशावादी सोचका साथ अघि बढ्न पनि उनले अधिकारीहरुलाई आह्वान गरेका थिए ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगम व्यवस्थापन सुधारसहित निगमसँग भएका विमानहरुको पूर्णउपयोग गर्नेतर्फ सक्रिय रहेको उल्लेख गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्