काठमाडौं, मंसिर ११ । पछिल्ला दिन सामान्य ओरालो लाग्दै आएको सुनको भाउ मंगलबार पुनः उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएर तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य सोमबार तोलामा ३०० ले नै झरेर तोलाको ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने यसदिन तोलाको ७०५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३० डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्