Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


सेयरबजार मंगलबार सामान्य अंकले हरियो


0
Shares

काठमाडौं, मंसिर ११ । पछिल्ला दिन निरन्तर ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार मंगलबार सामान्य अंकले हरियो रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से डेढ अंकले सकारात्मक रहेर ११ सय ६१ कायम भएर थामियो ।

यसदिन आधा समूह हरियो रहे भने आधा रातो रहे । होटल, जलविद्युत्, विकास बैंक, वाणिज्य बैंक र अन्य समूह हरियो रहे भने अरु रातो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीका ७ लाख ८८ हजार कित्ता सेयर २३ करोड १७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।