६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


भावी प्रधानन्यायाधीशका लागि जोशी र जबरा


0
Shares

काठमाडौं, मंसिर ११ । न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि सर्वाेच्च अदालतका दुई न्यायाधीशको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषदमा पठाएको छ ।

न्याय परिषद सचिवालयले सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषदमा पठाएको परिषदका सचिव नृपध्वज निरौलाले जानकारी दिए ।

संवैधानिक परिषदको बैठक बसी न्यायाधीश जोशी र जबराको नाम संसदीय सुनुवाइ समितिमा पठाएपछि सो समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुसमा उमेरहदका कारण अवकाश लिँदैछन् ।

प्रधानन्यायाधीशको अवकाश हुने भएपछि भावी प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम परिषदले पठाएको हो ।

न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी प्रधानन्यायाधीशका लागि नाम अनुमोदन गरेको थिएन । रासस