Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


प्रदेश–३ मा पाँच विधेयक पारित


0
Shares

हेटौंडा, मंसिर ११ । प्रदेश नम्बर–३ को प्रदेशसभाबाट पाँचओटा विधेयकहरु पारित भएका छन् ।

सभाबाट प्रदेश सन्चारसम्बन्धी विधेयक, प्रदेश संस्था दर्ता व्यवस्थासम्बन्धी विधेयक, प्रदेश प्राविधिक शिक्षा परिषद स्थापनासम्बन्धी विधेयक, प्रदेश खेलकुद विकास व्यवस्थासम्बन्धी विधेयक र प्रदेश सन्चालन कोष स्थापनासम्बन्धी विधेयक पारित भएका हुन् ।

मंगलबार बसेको प्रदेशसभाको बैठकले यी विधेयक पारित गरेको हो ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा विधेयकको नियमावलीअनुसार आवश्यक प्रक्रिया पूरा गरी विधेयक पारित गरेका हुन् ।

सभामुख श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।