६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


अब हुने कार्यक्रमहरु नौमती बाजा बजाएर गर्ने प्रधानमन्त्रीको घोषणा ! (भिडियोसहित)


0
Shares

काठमाडौं, मंसिर ११ । लामो समयको उपचारबाट तंग्रिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सार्वजनिक कार्यक्रममा भाषण पनि लामै गरे ।

उनको भाषण भने सरकारका आलोचक र सर्वसाधारणलाई जवाफ दिनमै केन्द्रित थियो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम घोषणा गर्न राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यक्रमलाई तामझामपूर्ण बनाएको भन्नेहरुलाई जवाफ दिए ।

प्रधानमन्त्री ओलीले ‘सरकार देखिनँ’ भन्नेहरुलाई देखाउनै भनेर तामझाम गरिएको हो’–भने ।

प्रधानमन्त्री ओली यतिमात्रै भनेर रोकिएनन् । अब हुने अन्य कार्यक्रमहरु नौमती बाजा बजाएर गर्ने घोषणा पनि गरे ।

सन्चारमाध्यम र पत्रपत्रिकामा ‘सरकार हरायो’, ‘सरकारले सिन्को भाँचेन’, ‘जुम्रा पनि मारेन’ भन्ने गरिएको भन्दै प्रधानमन्त्री ओलीले भने–‘पावरवाला चस्मा लगाउनुपर्दैन, सरकारले देखिनेगरी काम गर्दैछ ।’

काठमाडौंका सडकमा धुलो उड्न कम भएको, केही दिनमा मेलम्चीको पानी आउने भन्दै प्रधानमन्त्री ओलीले ‘जता फर्क्यो, त्यतै सरकार देखिने दिन आउने’ पनि बताए ।

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रमुख अतिथिकारुपमा उपस्थित भएका प्रधानमन्त्री ओलीले नेपालको श्रम क्षेत्रमा नयाँ युग सुरु भएको दाबी पनि गरेका थिए ।

भिडियो हेर्नुहोस्