६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सन्चारमाध्यमलाई दबाब दिइने


0
Shares

काठमाडौं, मंसिर ११ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सन्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लोपटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम् पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासंघले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिए ।

महासंघले सबै सन्चारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र गराउन नेपाल सरकारलाई आहृवानसमेत गरेको छ ।

बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकालाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

बैठकले स्थानीय प्रदेश सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन निर्माण नगर्न आग्रह गरेको छ ।

स्थानीय तह र प्रदेश सरकारले आफैं सन्चारमाध्यम सन्चालन गर्ने निर्णय गरकोप्रति पनि महासंघले आपत्ति प्रकट गरेको छ ।

बैठकले महासंघका प्रदेश समितिका अध्यक्ष, महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन आगामी पुस ४ र ५ गते मोरङको विराटनगरमा आयोजना गर्ने निर्णय गरेको महासचिव विष्टले जानकारी दिए । रासस