पोखरा, मंसिर ११ । गन्डकी प्रदेशको प्रदेश समन्वय परिषदको दोस्रो बैठक मंगलबारदेखि पोखरामा सुरु भएको छ ।
बैठक उद्घाटन गर्दै गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ र प्रदेशलाई स्थानीय तहले बेवास्ता गरे विकासका काममा अवरोध आउने बताए ।
उनले हालसम्मको अवस्था हेर्दा स्थानीय तहका काम उत्साहजनक रहेको धारणा राखे ।
दुई दिनसम्म चल्ने बैठकमा संघ, प्रदेश र स्थानीय सरकारबीचको अन्तरसम्बन्ध, संघीयताका अभ्यास, वित्तीय व्यवस्थापन र योजना तथा कानुन निर्माण र कार्यान्वयनका विषयमा छलफल हुनेछ ।
बैठकमा प्रदेशका ८५ ओटै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित सांसद र मन्त्रीहरुको उपस्थिति रहेको छ ।








प्रतिक्रिया दिनुहोस्