उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता, नन्दबहादुर पुन नै दोहोरिने संकेत • Image Khabar Image Khabar


उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता, नन्दबहादुर पुन नै दोहोरिने संकेत


Imagekhabar
३ चैत्र २०७४, शनिबार १०:२६

उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता, नन्दबहादुर पुन नै दोहोरिने संकेत

काठमाडौं, चैत ३ । उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको जनाएको छ ।

आयोगले उम्मेदवारी दर्ताका लागि संसद् भवन परिसरमा निर्वाचन कार्यालय स्थापना गरेको छ ।

राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी निर्वाचित भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउनुपर्ने छ ।

उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै दोहोरिने निश्चित जस्तै छ । उम्मेदवारी परेकाहरुविरुद्ध आजै ४ बजेभित्र दाबी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ ।

भोलि उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका आयोगले बनाएको छ ।

उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्