१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


छाब्दी वाराही मन्दिरमा दर्शनार्थीको भीड


0
Shares

तनहुँ, चैत ३ । तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिरमा दर्शनार्थीको भीड बढेको छ ।

मन्दिरसम्म सडक पुगेपछि दर्शनार्थीको संख्यासमेत बढेको हो ।

विशेष गरेर सार्वजनिक बिदाको दिन यो मन्दिरमा निकै घुइँचो लाग्ने गरेको छाब्दी वराही विकास कोषले जनाएको छ ।

यो मन्दिरको दर्शन गरेमा मनोकांक्षा पूरा हुन विश्वास रहेको मन्दिरका पुजारी डोलबहादुर आले बताए ।

मन्दिर दर्शनका लागि लमजुङ, गोर्खा, कास्की, चितवन, काठमाडौंलगायतका स्थानबाट समेत सर्वसाधारण पुग्ने गरेका छन् ।