
दण्डपाणि अर्ज्याल स्मृति केन्द्रले शनिबार राजधानी गरेको कार्यक्रममा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका कलाकार कट्टेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
सम्मानित कलाकार कट्टेलले सम्मानले आफूलाई थप सामाजिक काम गर्न हौसला मिलेको बताए ।
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कूटनीतिज्ञ डा. जयराज आचार्यलगायतले समाज परिवर्तनको सन्दर्भमा कलाकारहरुको भूमिकालाई राज्यले प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्मृति केन्द्रले प्रकाशन गर्दै आएको ज्ञानविन्दु स्मारिकाको ११औं अंकसमेत लोकार्पण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्