
त्रिवि शिक्षण अस्पताल महाराजगन्ज फोरेन्सिक विभागले शनिबार पत्रकार सम्मेलन गरी विमान दुर्घटनामा ज्यान गुमाएका ५१ जनामध्ये २५ जनाको शव पहिचान भएको जनाएको छ ।
फोरेन्सिक विभागका प्रमुख प्रमोद श्रेष्ठले शव पहिचान भएकामध्ये १० जना नेपाली, १४ जना बंगलादेशी र एकजना चिनियाँ नागरिक रहेको जानकारी दिए ।
चालकदलका सदस्यमध्ये तीनजनाको शव पहिचान भएको पनि डा. श्रेष्ठले जानकारी दिए ।
आवश्यक प्रक्रिया पूरा गरी आफन्तले शनिबारैदेखि शव लैजानसक्ने अस्पताल प्रशासनले जनाएको छ ।
दुर्घटनामा परी ज्यान गुमाएका नेपालीहरुमध्ये शीला बजगाइँ, प्रशन्न पाण्डे, अन्जीना बराल, डा. बालकृष्ण थापा, हरिशंकर पौडेल, प्रवीन चित्रकार, सञ्जय महर्जन, ज्ञानीकुमारी गुरुङ, मिली महर्जन र पूर्णिमा लोहनीको शव पहिचान भएको छ ।
प्रतिक्रिया दिनुहोस्