६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


कैलालीको कुचैनी सडकखण्डमा बस दुर्घटना, २५ जना घाइते


0
Shares

धनगढी, मंसिर ११ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । 

सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए । घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ । दुर्घटनाबाट पुलमा क्षति पुगेको छ । (रासस)