मोटर दुर्घटनामा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का घाइते • Image Khabar Image Khabar


मोटर दुर्घटनामा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का घाइते


Imagekhabar
४ चैत्र २०७४, आईतवार १७:३१

मोटर दुर्घटनामा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का घाइते

सुर्खेतको वीरेन्द्रनगरबाट भेरीगंगा नगरपालिकाको मसिना जाने क्रममा खड्का चढेको बा१५च ८३५४ नम्बरको गाडी दुर्घटना भएको हो ।

पूर्वमन्त्री खड्काको घुँडा, छाती र गर्धनमा चोट लागेको छ । उनको क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा उपचार भइरहेको छ । दुर्घटनामा खड्काका अंगरक्षक प्रहरी नायव निरीक्षक संजीव आचार्य सामान्य घाइते भएका छन् ।

गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्