
अतिथि देवो भवः मूलमन्त्रलाई आत्मसाथ गरि यो पर्व मनाइन्छ ।
पाँहा चह्रे अर्थात अतिथि वा पाहुनालाई बोलाई भोज खुवाउनु यो पर्वको मौलिक विशेषता हो । पाँहा चह्रेको तेस्रो दिन भद्रकालीको दुईवटा खट र चामुण्डा कंकेश्वरी अजिमालाई बाजागाजासहितको खट जात्रा गरी असन पु¥याएर जात्रा मनाइन्छ ।
दिदीबहिनीको मिलनको रुपमा अजिमाहरुको खटलाई असनमा भेला गराई एकापसमा घुमाइन्छ । सम्मानका लागि खटलाई ठोक्काउने समेत गरिन्छ ।
त्यसक्रममा आगो बलेको चिलाख साटासाट गरिन्छ । यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा खट जुधाउने भनिन्छ ।
जात्रामा असनको घरघरबाट चामलको रोटी अर्थात् चटामरी र रंगीन रोटी प्रसादको रुपमा फाल्ने चलन छ । यस पर्वमा असन वरपरका चेलीबेटीलाई बोलाई भोज खुवाउने गरिन्छ ।
आजै टंकेश्वरको नील बाराहि, बाँगेमुढाको नरसिंह र गणेश, किलागलको गणेश र नक्सालको भगवती लगायतको शक्ति पीठ र भैरवहरुको खट जात्रा समेत गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्