
मुख्यमन्त्री पोखरेलले आज तीनजना मन्त्री थप गर्ने तयारी गरेका हुन् ।
एमालेबाट दुई र माओवादी केन्द्रबाट एकजना मन्त्री नियुक्त गर्ने तयारी भएको हो । एमालेले दुई मन्त्रीको टुंगो लगाएको छ ।
प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको हो ।
गिरी सामाजिक विकास तथा सहकारी र पौडेल कृषि मन्त्री बन्ने बताइएको छ । त्यसैगरी माओवादी केन्द्रले सुदर्शन बराललाई मन्त्री बनाउने तयारी गरेको छ । उनले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।
यसअघि मुख्यमन्त्री पोखरेलले फागुन ३ गते कुलप्रसाद केसी र वैजनाथ चौधरीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्