Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


‘प्रहरी’ बनेर एक युवतीले यसरी ठगिन्


0
Shares

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीया मञ्जु बुढाथोकी भनिने कोपिला बोहरा रहेकी छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिकास्थित उनकै कोठाबाट पक्राउ गरेको हो ।

उनले आफूलाई सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक भएको भन्दै सशस्त्र प्रहरीका विभिन्न पदमा जागिर लगाइदिने लोभ देखाउँदै रकम असुल्ने गरेको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिए ।

बोहराले व्यक्तिहरुलाई झुक्याउन सशस्त्र प्रहरीको पोसाक लगाएको फोटोसमेत देखाउने गरेको र हालसम्म पाँचजनाभन्दा बढी व्यक्तिको लाखौं रुपैयाँ ठगेको देखिएको प्रहरीले जनाएको छ ।

बोहराको श्रीमान् भने प्रहरी नै रहेको र यसैको आडमा उनले ठगी धन्दा गरेको आरोप छ ।