१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


क्रान्ति सकिएको छैन : दाहाल


0
Shares

सोमबार नेपाल जनसांस्कृतिक महासंघको २०औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनले विश्वव्यापी उतार–चढावका कारण आफ्ना रणनीतिमा उतार–चढाव गरेपनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने बताए ।

सशस्त्र युद्ध, जनआन्दोलन, गणतन्त्र, संविधान, संघीयतालगायतका उपलब्धिपछि आफूहरु अब समाजवादी क्रान्तिको अभियानमा रहेको भन्दै उनले यसका सैद्धान्तिक, राजनीतिक पक्षको उचाइ निर्माण गर्ने अभियानमा समर्पित हुनुपर्ने उल्लेख गरे ।

‘हामीले समाजवाद, समृद्धि र स्थायित्वको कुरा गर्दा सांस्कृतिक क्रान्तिलाई जीवन्त राख्न नसकिए विचलन आउनेछ’–उनले भने–‘ठूलो बलिदान र संघर्षमा सहभागी भएको पिँढी रहँदासम्म त सांस्कृतिक विचलन नआउला, त्यसपछि के होला भन्ने अन्योल छ ।’

सुशासन र समृद्धिसँगै कलाकारहरुको पनि उचित सम्मान हुने वातावरण बन्ने उनको भनाइ थियो ।

कार्यक्रममा लेखक तथा कलाकारहरुलाई सम्मानसमेत गरिएको थियो ।