Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


द्रुतमार्गको खोकनाबाट सेना हटाउन माग (भिडियोसहित)


0
Shares

काठमाडौं, मंसिर १० । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणकाक्रममा विवादित क्षेत्रको निर्माणकार्य तत्कालका लागि रोक्नुपर्नेमा जोड दिएका छन् ।

द्रुतमार्गअन्तर्गत् विवादित क्षेत्र खोकना र बुङमतीका स्थानीय वासिन्दासित छलफल गर्नका लागि तत्कालका लागि निर्माणकार्य रोक्नु उपयुक्त हुनेमा समिति सदस्यहरुले जोड दिएका हुन् ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका खोकनाका स्थानीयबासीले खोकना क्षेत्रबाट नेपाली सेना हटाउन माग गरेका थिए ।

खोकनाबासी असोजकुमार डंगोलले ५६ अर्ब रुपैयाँको द्रुतमार्गको लागत बढेर अहिले २०० अर्ब पुगिसकेको भन्दै त्यहाँ चलखेल भइरहेको दाबी गरे ।

उनले द्रुतमार्गअन्तर्गत् खोकनाको कुदेशमा ‘पुरातात्विक महत्वका सामग्री केही छैन’ भनेर प्रतिवेदन दिने पुरातत्व विभागका प्रमुखलगायतका कर्मचारीहरुको राजीनामा पनि माग गरे ।

अर्का खोकनाबासी रत्नमान तुलाधरले कम्युनिस्ट सरकारले विकासका नाममा एउटा सभ्यता नै नस्ट गर्न खोजेको आरोप लगाए ।

यस विषयमा समितिले कुनै निर्णय भने गरेको छैन ।

समितिकी सभापति शशी श्रेष्ठले रक्षा मन्त्रालयसँगको छलफलपछि द्रुतमार्ग कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारलाई आवश्यक निर्देशन दिने बताइन् ।

बैठकमा समितिका सदस्य सांसद कृष्णगोपाल श्रेष्ठले द्रुतमार्ग निर्माणका लागि खोकनामा भइरहेको निर्माणकार्य सडक विस्तार सम्बन्धमा सरकारविरुद्ध आइएलओले मुद्दा अगाडि बढाएको भन्दै तत्काल समाधानको उपाय निकाल्न आग्रह सुझाव दिए ।

भिडियो हेर्नुहोस्