विवाद चर्किएपछि तीन वडाको वडा कार्यालय एउटै भवनमा • Image Khabar Image Khabar


विवाद चर्किएपछि तीन वडाको वडा कार्यालय एउटै भवनमा


Imagekhabar
६ चैत्र २०७४, मंगलवार ०९:२०

विवाद चर्किएपछि तीन वडाको वडा कार्यालय एउटै भवनमा

धनकुटा, चैत ६ । धनकुटाको शहीदभूमि गाउँपालिकाका वडा कार्यालय कहाँ राख्ने भन्ने विषयमा विवाद भएको छ ।

वडा कार्यालय राख्ने स्थानमा विवाद र कर्मचारी अभाव हुँदा शहीदभूमि गाउँपालिकाका तीन वडा वडाको कार्यालय एउटै भवनबाट संचालन भइरहेका छन् ।

गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा १ र ३ नम्बर वडाको कार्यालय पनि राखिएको छ । संयुक्त वडा कार्यालय संचालन हुँदा नागरिकलाई सेवा दिन समस्या भएको छ ।

एउटा वडा कार्यालय सञ्चालन गर्न कम्तिमा पनि ५ वटा कोठा भएको भवन आवश्यक पर्छ ।

वडा कार्यालयभित्र वडाध्यक्ष, वडासचिव र लेखापालका लागि वेग्लै कार्य कक्ष आवश्यक पर्ने भए पनि अहिले सञ्चालन भइरहेको भवनभित्रको हलमा तीनवटै वडाका वडाध्यक्षको कार्य कक्ष राखिएको छ ।

वडा कार्यालयको केन्द्र कहाँ रहने भन्ने विषयमा टुंगो नलाग्दा अहिलेसम्म वडा नं. १ को वडा कार्यालय स्थापना हुन सकेको छैन । त्यस्तै ३ नं. वडामा पनि कर्मचारी अभावले वडा कार्यालय स्थापना हुन सकेको छैन ।

कार्यालय संचालन गर्न सबै तयारी गरे पनि गाउँपालिकाबाट कर्मचारी नपठाइदिँदा सो वडामा कार्यालय सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्