६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


सामुदायिक विद्यालमा अंग्रेजी माध्यमको पठनपाठन भएन प्रभावकारी (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना/राममान डंगोल (इमेज)

काठमाडौं, मंसिर १० । सामुदायिक विद्यालयहरुले विद्यार्थीको संख्या बढाउन भन्दै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन् ।

विद्यार्थीको भावना र शिक्षकलाई तयार नै नगरी अंग्रेजी माध्यमबाट पढाउँदा विद्यार्थीले न त राम्रो नेपाली नै सिक्न सके, न अंग्रेजी नै ।

सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै अंग्रेजी माध्यमबाट पढाउने निर्णय गरेपछि विद्यार्थी र शिक्षक दुवै मारमा परेका छन् ।

निजी विद्यालयप्रति विद्यार्थीको मोह बढेपछि सरकारले सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको थियो । जसका कारण विद्यार्थीको सिकाइ क्षमता झन् खस्कँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

शान्ति निकेतन माध्यमिक विद्यालय भक्तपुरका शिक्षक दीनानाथ श्रेष्ठ पहिला नेपालीमा नै विद्यार्थीलाई पढाउँदै आएका थिए ।

विद्यालयले अंग्रेजी भाषामा पठाउने निर्णय गरेपछि श्रेष्ठ आफूलाई निकै समस्या परेको गुनासो गर्छन् । अंग्रेजी भाषा राम्रो नभएका कारण आफूले विद्यार्थीलाई राम्रोसँग सिकाउन नै नसकेको उनी स्वीकार गर्छन् ।

नेपाली माध्यमबाट पढिरहेका विद्यार्थीले एक्कासि अंग्रेजीमा पढ्नुपर्दा राम्रोसँग बुझ्न सकेका छैनन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा अंग्रेजी भाषाले विद्यार्थीलाई नेपाली भाषाप्रतिको मोह नै हटाउँदै लगेको भन्दै नेपाली र सामाजिक विषय नेपाली भाषमै पढाउनुपर्ने बताउँछन् ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले अंग्रेजी ज्ञान नभइ भाषा भएकाले विद्यालयले अंग्रेजीलाई नै महत्व दिँदै जाने हो भने यसले सामाजिक विभेदसमेत ल्याउने बताउँछन् ।

अंग्रेजी भाषामा पढाउँदा शैक्षिक गुणस्तर सुधार हुन्छ भन्ने धारणाका कारण विद्यार्थीको सिकाइ क्षमता झनै खस्कँदै गएको विज्ञहरुको ठहर छ ।

भिडियो हेर्नुहोस्