दुई वर्षसम्मका बच्चा भएका आमालाई १० हजार कुखुरा • Image Khabar Image Khabar


दुई वर्षसम्मका बच्चा भएका आमालाई १० हजार कुखुरा


Imagekhabar
६ चैत्र २०७४, मंगलवार ११:२७

दुई वर्षसम्मका बच्चा भएका आमालाई १० हजार कुखुरा

पाँचथर, चैत ६ । दुई वर्षसम्मका बच्चा भएका आमालाई लक्षित गर्दै सुआहाराले पाँचथरका विभिन्न स्थानीय तहका १७ वडामा १० हजार उन्नत जातका कुखुरा वितरण गरेको छ ।

सुआहारा र स्थानीय साझेदार संस्था नेपाल जनउद्धार संघ पाँचथरले जिल्लाका १ हजार ९ सय ७५ परिवारका लागि ४१ लाख रुपैयाँ वरावरका कुखुरा वितरण गरेको सुआहारा पाँचथरका संयोजक भरत शर्माले जानकारी दिए ।

लेयर्स जातका ती कुखुराले पारेका अण्डा उपभोगबाट आमा र वच्चालाई पोषण तत्व प्राप्त होस् भन्ने उद्देश्यले वितरण गरिएको उनले जानकारी दिए ।

प्रतिपरिवार ५ वटा कुखुरा प्रदान गरिएको छ । यस जातका कुखुराले बार्षिक २ सय वटा बढी अण्डा उत्पादन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्