कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरे पोखरा महानगरको नगरसभामा नाराबाजी • Image Khabar Image Khabar


कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरे पोखरा महानगरको नगरसभामा नाराबाजी


Imagekhabar
६ चैत्र २०७४, मंगलवार १५:०८

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरे पोखरा महानगरको नगरसभामा नाराबाजी

मंगलबार मध्याह्न साढे ११ बजे मेयर मानबहादुर जिसीले नगरसभा सन्चालन गरेलगत्तै कांग्रेसबाट निर्वाचित वडा नम्बर–९ का वडाध्यक्ष रामराजा लामिछानेले अनियमिता छानबिन नभएसम्म सभा अगाडि बढ्न नदिने जानकारी गराएका थिए ।

त्यसक्रममा कांग्रेसबाट निर्वाचित प्रतिनिधिले सभाहलभित्रै नाराबाजीसमेत गरेका थिए ।

सहमतिका लागि भन्दै मेयर जिसीले कांग्रेस र नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने दुई/दुईजना जनप्रतिनिधि राखेर छलफल गरेपनि सहमति जुट्न सकेन ।

केही दिनअघि महानगरले इन्जिनियर, सब–इन्जिनियर र अनमि पदका लागि विज्ञापन आह्वान गरी दरखास्त मागेको थियो ।

परीक्षामा सेटिङ मिलाएर एमालेले आफ्ना कार्यकर्तालाई नियुक्त गरेको भन्दै कांग्रेस समर्थित जनप्रतिनिधि आक्रोशित बनेका हुन् ।

उनीहरुले कर्मचारी पदपूर्ति प्रक्रिया खारेज नभएसम्म सभा अघि बढ्न नदिने चेतावनी दिएका छन् ।

नगरसभामा १६७ जना जनप्रतिनिधिमध्ये कांग्रेसबाट ४७ जना प्रतिनिधि छन् ।

पोखरा सभागृहमा गत सातादेखि सुरु भएको महानगरको सभाले पारित गर्ने विधेयकबारे नगरसभाका सदस्यले आवश्यक अध्ययन गर्ने भन्दै समय माग गरेकामा केही दिन स्थगितपछि मंगलबारदेखि पुनः सुचारु हुने कार्यक्रम थियो ।

मंगलबारको कार्यसूचीमा महानगरको कृषि ऐन २०७४, कृषि बजार प्रवद्र्धन ऐन, कृषि नीति, पशु नीति, उपप्रमुखसँग महिला कार्यक्रम निर्देशिका र सहकारी ऐनबारे छलफल गरिने रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्