रसुवा । रसुवागढी भन्सार कार्यालय टिमुरेले यस आर्थिक वर्षको पहिलो चौमासिकमा ३ अर्ब ७४ करोड ९३ लाख रुपैंयाभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
७ अर्ब ६२ लाख रुपैयाँ बार्षिक लक्ष्य रहेकोमा अहिले लक्ष्यको ५३ दशमलव ५१ प्रतिशत राजस्व असुली भएको भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए ।
वर्षाको समयमा करिब एक महिना सडक अवरुद्ध हुँदा भन्सार असुलीमा कमी आएपनि अहिले नाकामा अवरोध नहुनु र यातायात नियमित संचालन भएकाले राजस्व संकलन बढेको हो ।
रसुवागढी नाकाबाट दैनिक २ सय ५० भन्दा बढी कन्टेनर आवतजावत गर्ने गरेका छन ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामानलगायतका मुख्य वस्तुहरू पैठारी भइरहेको छ ।
नेपालबाट चीनतर्फ धातुको मूर्ति, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुसजाम, चकलेट, ऊनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयरक्रिम लगायतका मुख्य वस्तुहरू निकासी हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्